भारतबाट उद्धार गरि ल्याएका युवाहरुलाई गन्तव्यमा पठाइयो

Image
maya metro

अत्तरिया – भारतबाट उद्धार गरेर ल्याएका युवाहरुलाई गन्तव्यमा पठाइएको छ ।

आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारतको उत्तराखण्डमा बन्धक बनाएर राखेका ५७ जनालाई बुधबार गड्डाचौकी नाकाबाट नेपाल ल्याइएको थियो ।

nisarga

उद्धार गरिएकामा चितवनका १० जना, कैलालीका ९ जना, सुनसरीका ५, उदयपुर, तेह्रथुम र पाँचथरका ४/४, दाङ, स्यांजा र बाँकेका ३ /३, ताप्लेजुङ, डोटी र धादिङका २/२ र सर्लाही, काँस्की, रुकुम, बाग्लुङ,इलाम र रुपन्देहिका १/१ जना रहेका छन् ।

सम्बन्धित जिल्ला प्रहरी कार्यालयसंग पनि समन्वय रहने गरि सार्वजनिक यातायात व्यवसायीहरुको सहयोगमा उनीहरुलाई आज गन्तव्यमा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

हिजो राती उनीहरुलाई कञ्चनपुर उद्योग वाणिज्य संघको हलमा राखिएको थियो भने खानाको व्यवस्था पनि संघले नै गरेको थियो ।

सम्बधित समाचार

भारतमा उद्धार गरिएका नेपालीलाई गड्डाचौकी नाकाबाट नेपाल ल्याइयो