कैलाली पूर्ण खोप जिल्ला घोषणा

Image
maya metro

अत्तरिया – कैलाली जिल्लालाई सुदूरपश्चिम प्रदेशको नवौं पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । सोमबार स्वास्थ्य तालिम केन्द्र, धनगढीमा आयोजित औपचारिक सभामार्फत कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको हो ।

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता; पूर्ण खोप सुनिश्चितता – हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ कार्यक्रममा सामाजिक विकास मन्त्री मेघराज खड्का, मन्त्रालयका सचिव, जिल्ला प्रमुख गोगन बहादुर हमाल, कैलाली जिल्लाका जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरोकारवाला निकाय तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

nisarga

स्वास्थ्य कार्यालय कैलाली र जिल्ला पूर्ण खोप समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी वक्ताहरूले पूर्ण खोप अभियानको सफलतालाई स्थानीय तह, स्वास्थ्यकर्मी र समुदायको सक्रियताले सम्भव भएको बताए ।