
अत्तरिया – कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
घोडाघोडी नगरपालिका-२ साडेपानी स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डको दायाँ साईड सडक किनारादेखी अन्दाजी १० मिटर टाढा नाम, थर, वतन नखुलेको अन्दाजी ५५/६० वर्षीय पुरुष मृत अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।














