कञ्चनपुरमा मोटरसाइकल र साइकल ठोक्किँदा एक जनाको मृत्यु

Image
maya metro

अत्तरिया – कञ्चनपुरमा मोटरसाइकल र साइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

वेदकोट नगरपालिका वडा नम्बर- ९ स्थित सुन्दरपुरमा गएराती ९ बजेको समयमा म२प४९९७ नम्बरको मोटरसाइकल र साइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक सोहि ठाउँका ३६ वर्षीय श्याम दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

nisarga

दमाई नजिकै रहेको नहरमा मृत अवस्थामा फेला परेको र पहिचान नै नखुलेका साइकल चालकको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।