
अत्तरिया – कैलालीका १ बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका वडा नम्बर- ९ शंकरपुरका दिल्लीराज खनालका ३ वर्षीय छोरा कुशल खनालको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

शुक्रबार मध्याहृको समयमा दिल्लीराजका दाई बुद्धिराजले सञ्चालन गर्दै आएको बुद्धिराज एग्रो कृषि फर्ममा रहेको पोखरीमा कुशल डुबेका थिए ।
कुशललाई सेती प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।















