गुरही पर्वको अवसरमा भोलि गोदावरी सहित ४ पालिकामा स्थानीय बिदा

Image
maya metro

अत्तरिया – गुरही पर्वको अवसरमा कैलालीका ४ स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । भोली साउन १३ गते मंगलबार परेको गुरही पर्वको अवसरमा जिल्लाको गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका र जानकी गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएका हुन् ।

गोदावरी नगरपालिकानगरपालिकाको साउन ३ गते बसेको कार्यपालिकाकाको बैठकले उक्त दिन नगर क्षेत्रभित्र बिदा दिने निर्णय गरेको हो । बिदाको यो व्यवस्था नगर कार्यपालिकाको कार्यालय, मातहतका निकाय (अत्यावश्यक सेवा बाहेक) तथा सम्पूर्ण शैक्षिक संस्थामा लागू हुने जनाइएको छ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्वारा जारी सूचनामा भनिएको छ, “पर्वको अवसरमा नगरवासीहरूलाई शुभकामना व्यक्त गर्दै सबैलाई जानकारी गराइन्छ कि नाग पञ्चमीको दिन नगर क्षेत्रमा एक दिनको सार्वजनिक बिदा हुनेछ ।”

nisarga

स्थानीय संस्कृति र परम्पराको सम्मानस्वरूप बिदा दिइएको जनाउँदै नगरपालिकाले नागरिकहरूलाई पर्व शान्तिपूर्ण ढंगले मनाउन आग्रहसमेत गरेको छ । यस्तै, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालद्वारा हस्ताक्षरित सूचना अनुसार सो दिन उपमहानगरपालिका अन्र्तगतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थाहरु एवं धार्मिक संघ संस्थाहरुमा बिदा रहने भएको छ ।

कैलारी गाउँपालिकाद्वारा जारी सूचना अनुसार गुरही पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिइएको हो । उक्त दिन गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संघ संस्था बन्द रहने जनाइएको छ । गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख गुरही मनाइन्छ । गुरही पर्व पश्चिम नेपालको थारु बस्तीका साथै पछिल्लो समय संघीय राजधानी काठमाडौंमा समेत विभिन्न कार्यक्रमसहित पर्व मनाइने गरिन्छ ।