कर छली गर्ने अत्तरियाका दुई व्यवसायीक प्रतिष्ठानलाई १३ लाख जरिवाना

Image
maya metro

अत्तरिया – कर छली गर्ने कैलालीको अत्तरियाका दुई व्यवसायीक प्रतिष्ठानलाई १३ लाख जरिवाना गरिएको छ ।

अत्तरियामा रहेको पिंकु बस्त्रालय र न्यु सुरुचि ट्रेडसमा गत असार ३१ गते प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगन हमालको नेतृत्वमा त्रिनगर भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिहरू समेत सहभागी रहेको टोलीले छापा मारेको थियो ।

nisarga

टोलीले पसलमा भएको सम्पूर्ण सामान गणना गरेपछि बिलबिजक नियन्त्रणमा लिएको थियो ।

दुवै प्रतिष्ठानले करमा कैफियत गरेको भेटिएपछि पिंकुबाट झन्डै ८ लाख र सुरुचिबाट झण्डै ५ लाख गरी १३ लाख जरिवाना गरिएको आन्तरिक राजश्व कार्यालय कैलालीले जनाएको छ ।