कैलालीमा चक्कु प्रहार गरेर किशोरीकाे हत्या

Image
maya metro

अत्तरिया – कैलालीमा एक किशोरीकाे चक्कु प्रहार गरेर हत्या गरिएको छ ।

बर्दगाेरिया गाउँपालिका-१ मा रहेकाे राजधानी सेकुवा एण्ड म:म सेन्टरमा कार्यरत बर्दगाेरिया गाउँपालिका-३ कि १७ वर्षीया याचना सेजवालकाे चक्कु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

nisarga

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले शनिबार बिहान करीब १० बजेतिर सेजवालमाथि साेही सेकुवा एण्ड म:म सेन्टरमा काम गर्ने बर्दगाेरिया-१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेकाे बताए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीकाे निसर्ग हस्पिटल ल्याइएको थियो । उनकाे उपचारका क्रममा मृत्यु भएको डीएसपी सिंहले बताए ।

सेजवालकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिनेछ । उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । चक्कु प्रहार गर्नुकाे कारण भने खुलेकाे छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।