शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा सरसफाइ

Image
maya metro

अत्तरिया – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको छ।

विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले बृहत् सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

nisarga

विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. सुनिल कुमार जोशीको नेतृत्व रहेको थियो।

कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा. भीम चन्द, विश्वविद्यालयका कर्मचारी, सुरक्षाकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासी सहभागी भएका थिए।

सोमवार मात्रै विश्वविद्यालयले विश्वविद्यालय परिसरमा सरसफाइका लागि सार्वजनिक सूचना सम्प्रेशण गरेको थियो।