शहीद भीमदत्त पन्तको शालिक अनावरण

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–५ गेटीस्थित शहीद सांघारी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको शहीद भीमदत्त पन्तको शालिक अनावरण गरिएको छ।

आइतबार (आज) बिहान एक कार्यक्रमकाबीच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले शालिकको अनावरण गरेका हुन् ।

nisarga

अनावरण कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले शहीदको त्याग, बलिदान र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानलाई सदैव सम्मान गरिनुपर्ने उल्लेख गरे।

उनले शहीदको स्मृतिलाई जीवन्त राख्न तथा नयाँ पुस्तालाई इतिहाससँग जोड्न यस्ता स्मारकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

विभिन्न व्यक्तिहरुको सहयोगमा शालिक निर्माण गरिएको हो ।