मर्मतपछि टीकापुर–राजापुर जोड्ने झुलुङ्गे पुल पुनः सञ्चालनमा

Image
maya metro

टीकापुर – टीकापुर–दौलतपुर हुँदै बर्दियाको राजापुर जोड्ने झुलुङ्गे पुल आवश्यक मर्मतपछि पुनः सञ्चालनमा आएको छ। पिल्लरमा चिरा (क्र्याक) देखिएपछि एक साताका लागि बन्द गरिएको पुल सोमबारदेखि पुनः सर्वसाधारणका लागि खुला गरिएको हो।

निर्माण कम्पनी थानी निर्माण सेवाले अत्यधिक भीडभाड तथा पिल्लरको आधार क्षेत्रमा रहेको माटोको अवस्थाका कारण समस्या देखिएको हुन सक्ने जनाएको छ। कम्पनीका अनुसार प्रभावित भागको मर्मत सम्पन्न भइसकेको र अहिले पुल पूर्ण रूपमा सुरक्षित रहेको छ।

nisarga

निर्माण कम्पनीले भविष्यमा यस्तै समस्या दोहोरिए प्राविधिक टोलीमार्फत दिगो समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै पुलमा अनावश्यक भिड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। पछिल्लो समय पुल अवलोकन गर्न दैनिक ठूलो संख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन्।