कैलालीको बोलेरो र ग्यास ट्रक ठोक्किँदा सहचालकको मृत्यु,चालक घाइते

Image
maya metro

अत्तरिया – कैलालीको टीकापुरमा बोलेरो र ग्यास ट्रक ठोक्किँदा सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

हुलाकी राजमार्ग अन्तर्गत टीकापुर नगरपालिका–७ झुँगा नजिक नेपालगञ्जतर्फबाट आउँदै गरेको लु.प्र ०२–००१ च ०५४० नम्बरको तरकारी बोकेको बोलेरो गाडी र भे १ क ५०१ नम्बरको भेरी ग्यासका सिलिन्डर बोकेको ट्रक एकापसमा ठोक्किँदा बोलेरोका सहचालकको मृत्यु भएको हो।

nisarga

दुर्घटनामा बोलेरोका चालक गम्भीर घाइते भएका छन्। उनको उपचार भइरहेको बताइएको छ। दुर्घटनाको कारण, मृतकको परिचय तथा अन्य विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।