प्रधानमन्त्री देउवाको गृह पालिकामा कांग्रेस दोब्बर मतले अगाडि

Image
maya metro

डडेल्धुरा – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा नेपाली कांग्रेसले दोब्बर अग्रता बनाएको छ। मतगणना हुँदा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले एक हजार ३०९ पाएका छन्।उनका प्रतिद्वन्दी नेपाली कांग्रेस विपीका सुरेन्द्र मालीले ५६७ प्राप्त गरेका छन्। यस्तै नेकपा एकीकृत समाजवादीका नरबहादुर बिष्टले १७८ मत प्राप्त गरेका छन्।

यस्तै, उपाध्यक्षमा काँग्रेसका उमेदवार ज्ञानु सेटीले एक हजार २५७, नेकपा एमालेका उम्मेदवार इन्द्र महराले ५८७ र नेकपा माओवादी केन्द्रबाट चन्द्र बहादुर मल्लले ३१२ मत प्राप्त गरेका छन्।

nisarga