डडेल्धुराको अमरगढी–१ मा काँग्रेसका ऐर विजयी

Image
maya metro

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–१ को वडाअध्यक्षमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका लोकबहादुर ऐर निर्वाचित भएका छन्।

ऐर ५२६ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवारले ४७६ मत पाएको निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्यायले बताए। वडामा कूल मतदाता संख्या १५६५ थियो। जसमध्ये ११ सय ६५ मत खसेको थियो।

nisarga

ऐर गत स्थानीय निर्वाचनमा पनि कांग्रेसका तर्फबाट विजयी भएका थिए।