
डडेल्धुरा – डडेल्धुराको गन्यापधुरा गाँउपालीका वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका चक्र देउवा प्यानल सहित विजयी भएका छन् ।
विजयी देउवाले ७४३ मत पाएका छन् ।

उनका प्रतिद्धन्दी नेकपा एमालेका पुष्कर देउवाले ३४३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादीका गणेश बहादुर सार्कीले ३३६ मत प्राप्त गरेका छन् ।
गन्यापधुरा ३ मा जम्मा १६१५ मत खसेको थियो ।












