
डडेल्धुरा – डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–१ स्याउले स्थित लिसा कम्पनी नजिक भिमदत्त राजमार्ग सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका २ ढुंगेलीका ५८ बर्षीय खगेन्द्र पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गएराति डेढ बजेतिर पन्तले चलाएको से. ५ प. २८०३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटनामा परेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

स्याउलेबाट बागबजार तर्फ जादै गरेको अवस्थामा मोटरसाईकल अनियन्त्रित भई सडक छेउ नजिकै रहेको कल्भड बनाउनको लागि खनेको खाडलमा परेर पन्तको घटनास्थलमा नै मृत्यु भएको हो । पन्त अमरगढी नगरपालिका वडा नं १ मा सचिव पदमा कार्यरत रहेका थिए ।
















