कैलाली कञ्चनपुर ग्रामीण विद्युतिकरण छाता संगठनको अध्यक्षमा टेक देउवा चयन

Image
maya metro

अत्तरिया – कैलाली कञ्चनपुर ग्रामीण विद्युितकरण छाता संगठनको अध्यक्षमा टेक बहादुर देउवा चयन भएका छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ स्थित स्याउलेमा रहेको जयलक्ष्मी ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष समेत देउवा कैलाली कञ्चनपुर ग्रामीण विद्युत छाता संगठनको अध्यक्षमा चयन भएका हुन् ।

nisarga

संगठनको गत बिहिबार बसेको १६ औं साधारण सभाबाट ११ जना सदस्य मनोनित भएका थिए ।

वडा नम्बर- ८ स्थित मजगाउँमा रहेको संस्थाको कार्यालयमा आज बसेको सदस्यहरुको बैठकले पदाधीकारी चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा गोबिन्द भट्ट,सचिबमा निर्मल भट्ट र कोषाध्यक्षमा तारा बम चयन भएका छन् ।

सम्बन्धित समाचार :

कैलाली कञ्चनपुर ग्रामीण विद्युतिकरण छाता सङ्गठनको १६ औं साधारण सभा सम्पन्न