
अत्तरिया – कैलालीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बालकको मृत्यु भएको छ।
जिल्लाको गौरीगङ्गा नगरपालिका–४ राजिपुरका ७ वर्षीय विशाल बोहराको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

विशाललाई मङ्गलबार पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल चालक २६ वर्षीय सागर चौधरी र पछाडि सवार गुटराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत नभएको खुलेको छ।














