कञ्चनपुरबाट १७ वर्षदेखि फरार रहेका हत्या अभियोगका दोषी पक्राउ

Image
maya metro

धनगढी – कञ्चनपुर प्रहरीले हत्या मुद्दामा दोषी ठहर भई १७ वर्षदेखि फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–४ निवासी ३५ वर्षीय टुकु भनिने राजेश राना रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष ६ महिनाको कैद सजाय तोकिएका रानालाई भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकी क्षेत्रबाट पक्राउ गरिएको हो।

nisarga

प्रहरीले प्राविधिक कारणवश गड्डाचौकीबाट पक्राउ गरिएको जनाएको भए पनि राना भारतमा लुकेर बसेको अवस्थामा उतैबाट नियन्त्रणमा लिएर नेपाल ल्याइएको स्रोतले जनाएको छ।

रानामाथि २०६६ सालमा लालझाडी गाउँपालिका–४ कै ३० वर्षीय रामस्वरुप रानाको हत्या गरेको अभियोग थियो। उक्त घटनामा अदालतले उनलाई दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो।