सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ल पदमुक्त

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ल पदमुक्त भएका छन्। उनले प्रदेशसभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दै पत्र स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका हुन्।

बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकाले पदबाट राजीनामा गरेको भन्दै असार १३ गते पठाएको पत्र प्रदेशसभामा पढेर सुनाउदै उनी पदमुक्त भएको घोषणा गरेको बताएका छन्।

nisarga

२०७४ सालको निर्वाचनमा डडेल्धुराबाट प्रदेशसभा सदस्य विजयी मल्ललाई नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेपछि उनले प्रदेशसभा सदस्य त्यागेको घोषणा गरेका थिए। जिल्ला अधिवेशनको विषयलाई लिएर विवाद बढ्दै गएपछि मल्ललाई कांग्रेसले  साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो।