

अत्तरिया – केआईसिंह राजमार्ग अन्र्तगत डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ रडुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । शनिबार राति देखि लगातार रुपमा आईरहेको बर्षाले गर्दा अवरुद्ध पहिरो अटाउन समस्या भएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा दुईतर्फी बाटो बन्द भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहरप्रसाद भट्टले जानकारी दिए । बर्षा नरोकीएको हुँदा पहिरो हटाउन नसकीएको उनको भनाई रहेको छ ।
आइतवार बिहान पनि वर्षाका कारण राजमार्ग सुचारु गर्न सकिएको छैन। प्रहरीका अनुसार राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरू बगाएको छ। वर्षा नरोकिएको र पहिरो जाने क्रमसमेत जारी रहेकाले सडक मर्मतको काम सुरुसमेत भएको छैन। वर्षा रोकिएपछि मर्मतको काम सुरु गर्ने प्रहरीले बताएको छ।

तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवतजावत रोकिएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र अवस्थामा परेका छन् ।
