Attariya Hospital Pvt.Ltd.

सुदुरपश्चिम कै प्रसिद्ध लाटागन्यापको ‘शिखरजाँत’ आज राती मनाईँदै

padma
milan sunchadi

डडेल्धुरा – जिल्लाको गन्यापधुरा गाउँपालिका –४ को महाभारत वनक्षेत्रको घनाजंगलमा लाग्ने प्रसिद्ध लाटागन्यापको ‘शिखरजाँत’ आज राति हुँदैछ । डाणाकान्तिका हिसाबले गनेर लाग्ने मेला विशेष गरि प्रत्येक वर्ष भाद्र चतुर्दशीको दिन लाग्ने गर्दछ । तर, यस वर्ष भने ‘मालामास’ का कारण असोजमा लाग्दैछ ।

शिखरको गात ‘ठूलो ढुंगा’ सम्म पुग्नुभन्दा अगाडि विभिन्न ठाउँ–ठाउँमा दूध ढाल्नेमा दूध, अगरबत्ती तथा फूलपाती चढाएर पूजाआजा गरेर जाने विशेष परम्परा रहेको छ । शिखर पुग्नु अगाडि गणेपानी ‘खोलामा’ हात खुट्टा धोएर जाने गरिन्छ भने बिहान हिँडेका दर्शनार्थी साँझ ७÷८ बजे तिर गात शिखरमा पुग्छन ।

शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन । गन्यापधुरा गाउँपालिकास्थित मालिगाउँ, रुमायल, जैसेरा र रेल यस्तै डोटीको शिखर नगरपालिकाको थप्सा र बानीडुग्रेसैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा रहेको छ । देउरो जाने क्रममा पनि विभिन्न ठाउँहरुमा दाइन दमाहा तथा भोक्करहरु ‘ठोकाइन’ बजाएर जाने गरिन्छ ।

Siddi ganesh

दमाहा पनि लाटागन्याप देवताबाट विशेषा अधिकार प्राप्त दमाइहरुले मात्रै बजाउने गरेका स्थानीय पण्डित शंकरप्रसाद जोशीले बताएका छन् । मेला भर्नको लागि जाने दर्शनार्थीहरुले एक साता अगाडी देखि नै शुद्ध खानेकुरा खाने गर्दछन्। यसरी चोखो खाना खाएर उपासना गरि मेलामा सहभागी भै चोखो मनले मागेको वरदान पुरा हुने धार्मिक विश्वास रहेको छ ।

satyawati

भाट–भटेनीको विशेष महत्व

भाट भटेनीको छोडेछ नाउँ!
चल गोसाईं गणपति शिखर जाउँ!!
पौराणिक मान्यता अनुसार रुमाइलगाउँका आदि पुरुष फुल भाट ले पत्नी सहित द्यौझालको घना जंगलमा गएर तपस्या गर्दा ईश्वर खुशी भएर पहेंलो सर्पको रुपमा प्रकट भएको विश्वास छ । अनि फुल भाटकी श्रीमतिले सर्पलाई कहाँ राख्ने भनि विचार गर्दा धान राख्ने भकारी उपयुक्त हुने ठानी त्यहीं राखि दिएका थिईन ।

त्यसपछि फुलभाटको घरमा अन्नको कमी कहिल्यै नभएको मानिन्छ । फुल भाटकी श्रीमति निष्ठावान भएकीले एकदिन एकजना गाउँलेले के नै गर्ने रहेछन् भनि जाँच्नका लागि फुल भाटको लौरो चोरेर लगे त्यसपछि फुल भाटकी श्रीमतिलाई फुलभाटले खाना नकुर्नु भनि खबर पठाएको र प्रमाणका रुपमा लौरो ल्याएको भनि लौरो देखाएछ ।

फुल भाटकी श्रीमतिले विश्वास गरेर खान सुरु गर्दा पति घर पुगेछन् । अनि हतार हतार थाली कता लुकाउने भनि खोज्दा त्यही धानको भकारीमा हाल्न पुगिन । त्यसपछि देवताले अपमान भएको भनि ठानी त्यहाँबाट बाहिरिएर गएको किँवदन्ति स्थानीय जेष्त नागरिक बताउँछन् । फेरी दुवै पतिपत्नी पछिपछि माफी माग्दै हिँडेछन् ।

अनि देवता शिखरको शिलामा पुगि बिलीन भएछन् । त्यहीं भाट दम्पतीले पनि मुक्ति पाएको किँदन्ति छ । शिखरको गात ‘ठूलो ढुङ्गामा’ अझैपनि नाग देबता हिडेको छाप देख्न सकिन्छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.