Attariya Hospital Pvt.Ltd.

डडेल्धुरामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

padma
milan sunchadi

डडेलधुरा – डडेल्धुरामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

आलिताल गाउँपालिका–७ राउजाली बस्ने २२ वर्षीय राजेश बिष्टको सोही ठाउँमा रहेको सुनखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

Siddi ganesh

शनिबार साँझ करिब ६ बजे करेन्ट लागेर बेहोस भएका बिष्टलाई उपचारका लागि जोगबुडा अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.