
डडेल्धुरा – जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ ।

अनुपस्थित रहने कार्यालय प्रमुखमा यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख हर्ष रोका, स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउद, ग्रामीण उद्यम तथा आर्थिक करिडोर कार्यालयका प्रमुख द्रोण बुढाथोकी रहेकाे रोकायाले जानकारी दिए ।
यस्तै, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यालयका प्रमुख धुर्वराज जोशी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख गणेशकुमार रोका, जिल्ला आयुर्वेद कार्यालयका प्रमुख निशान्त शर्मा, पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज रावल, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख रमेश अवस्थी र प्रदेश कोलिनिकाका प्रमुख चेतराज जोशी रहेकाे उनले बताए ।
अनुपस्थित कर्मचारीलाई प्रशासनले गयल हुनुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन समेत दिएको छ ।
















