डडेल्धुरामा रुखबाट लडेर एक महिलाको मृत्यु

Image
maya metro

डडेल्धुरा – डडेल्धुरामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको आलिताल गाउँपालिका– १ तोलि गाउँ बस्ने मीनबहादुर बोहराकी श्रीमती नारूदेवी बोहराको शनिबार बिहान स्याउला काट्ने क्रममा रूखवाट लडेर मृत्यु भएको हो ।

nisarga

घर नजिकैको रुखमा स्याउला काट्ने क्रममा शनिबार बिहान १० बजेतिर रुखबाट लडेर बोहरा खोलामा परेकी थिइन् ।

उनको घटनास्थलमै मृत्यु भएको स्थानीय योगेन्द्र देउवाले जानकारी दिए ।