रेल सडक निर्माणको काम तीव्र पार्न निर्देशन

Image
maya metro

डडेल्धुरा – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ रुवाखोला जोड्ने भातकाडा–बडाल–रेल सडक निर्माणको काम तीव्र पार्न निर्देशन दिएका छन् ।

सडक निर्माणसँग सम्बन्धित कार्यालय प्रमुख तथा निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिँदै उनले भने, “ट्र्याक खोलिएको सडक मर्मत तथा कालोपत्रे हुन सकेन भन्ने प्रश्न बारम्बार उठ्ने गरेको छ, निर्माण काम तीव्र पार्नु प¥यो ।”

nisarga

आर्थिक वर्ष २०७८/७९ मा भातकाडा बजारदेखि चार किलोमिटर सडक कालोपत्रेका लागि करिब नौ करोड रकम बराबरको ठेक्का सम्झौता भइसकेको छ । हालसम्म पनि सडक कालोपत्रेका लागि कटिङसमेत हुन सकेको छैन । स्थानीयवासीले बारम्बार गुनासो गर्ने गरेको यस सडकखण्डको काम तीव्र पार्न मन्त्री देउवाले सडक डिभिजन कार्यालय डोटीलाई निर्देशन दिनुभएको हो । उनले दैनिक प्रगति विवरण पठाउन प्रहरीलाई समेत ताकिता गरे ।

यही गतिमा काम भएमा २०८४ सालसम्म पनि पूरा नहुने भन्दै उनले तत्काल काम सञ्चालन गर्न निर्माण कम्पनी र कार्यालयलाई निर्देशन दिएका छन् । सडक डिभिजन कार्यालय प्रमुख दीपक झाका अनुसार आव २०७९र८० मा चार किलोमिटर कालोपत्रेका लागि सात करोड ३४ लाख रकम बराबरको ठेक्का भएको छ । त्यस्तै साढे छ किमीदेखि साढे आठ किमी सडकखण्ड कालोपत्रेका लागि पाँच करोड रकम बराबरको आव २०८०/८१ मा ठेक्का सम्झौता भई काम भइरहेको छ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको घर पुनर्निर्माण गर्ने उनका कान्छा भाइ बलबहादुर देउवाले जानकारी दिए । गन्यापधुरा गाउँपालिका–१, रुवाखोलाको मटेला गाउँमा रहेको देउवाको घर तत्कालीन अवस्थामा नेकपा ९माओवादी० ले जलाइदिएको थियो ।

“घरमा तत्कालीन माओवादीले आगो लगाई नष्ट पारिदिएपछि छिन्नभिन्न हुनु प¥यो,” उनले भने, “यहाँबाट विस्थापित भएर अन्यत्र गयौँ । कुल देवताको पूजाआजा गर्नका लागि बास बस्न दाजुभाइ मिलेर घर बनाउँछौँ ।”

सभापति देउवाका छ जना दाजुभाइ छन् । पुख्र्यौली घरलाई पुरानै शैलीमा निर्माण गरिने मन्त्री देउवाले बताए । आवश्यक नाप नक्साको समेत काम भइसकेको छ । उनले ढुङ्गा, माटो र काठको प्रयोग गरी पुरानै शैलीको घर निर्माण गरिने बताए । गोरखापत्र