डडेल्धुराबाट फरार प्रतिवादी ९ वर्षपछि पक्राउ

Image
maya metro

डडेल्धुरा – डडेल्धुराबाट फरार प्रतिवादी पक्राउ परेका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–१ का ४३ वर्षीय प्रेम साउँदलाई मंगलवार दिउँसो जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलिले अमरगढी–५ बसपार्कबाट पक्राउ गरेको हो।

nisarga

जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा २०७१ मा १ वर्ष ९ महिना १९ दिन कैद सजाय तोकेपछि साउँद फरार रहेका थिए।