डडेल्धुरामा निसासिएर सासुबुहारीको मृत्यु

Image
maya metro

डडेल्धुरा – डडेल्धुरामा दुईजनाको निसासिएर मृत्यु भएको छ।

जिल्लाको अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियालको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए।

nisarga

राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसासिएर उनीहरुको मृत्यु भएको खुलेको उनले बताए।

बेहोस अवस्थामा फेला परेका दुवैलाई अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेको नायकले बताए। उक्त विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक दुवै नातामा सासुबुहारी रहेको बताइएको छ।