
डडेल्धुरा – डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आज (मंगलबार) जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो।

दुर्घटनामा अमरगढी–७ कै केशव भट्टराईको मृत्यु भएको प्रहरीले बताएको छ। रोशन भट्टराई घाइते भएका छन्।
उनलाइ डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
















