डडेल्धुरा – डडेल्धुराबाट ६ जना जुवाडे पक्राउ परेका छन्।
जिल्लाको अमरगढी नगरपालिका वडानम्बर ५ तुफानडाँडाका ४० वर्षीय हिक्मत ऐरको घरमा जुवातास खेलिरहेको अवस्थामा ऐरी सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९५ हजार,१ सय ५ र १ हजार १ सय ६५ पत्ति तास सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।