Attariya Hospital Pvt.Ltd.

मालाखेती अस्पतालमा सुत्केरी सेवा लिनेको सङ्ख्यामा कमी

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको मालाखेती अस्पतालमा सुत्केरी सेवा लिनेको सङ्ख्यामा कमी आएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ३९७ जनाले सुत्केरी सेवा लिएकोमा आर्थिक वर्ष २०८०/८१ मा २३५ जनाले मात्रै सेवा लिएका छन् । आर्थिक वर्ष २०७९ /८० को साउनमा ३९ जनाले सुत्केरी सेवा लिँदा आर्थिक वर्ष २०८०/८१ को साउनमा २७ जनाले मात्रै सेवा लिएको मालाखेती अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक सत्यराज फुलाराले बताएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७९/८० को भदौमा ५३ जनाले सेवा लिएकोमा आर्थिक वर्ष २०८०/ ८१ को भदौमा १५ जनाले सेवा लिए । आर्थिक वर्ष २०७९/ ८० को असोजमा ३८ जनाले सुत्केरी सेवा लिँदा आर्थिक वर्ष २०८०/८१ को असोजमा १६ जनाले मात्रै सेवा लिएका छन् भने आर्थिक वर्ष २०७९ /८० को कात्र्तिकमा ३६ जनाले सेवा लिएकोमा आर्थिक वर्ष २०८०/८१ को कात्र्तिकमा २२ जना मात्रै मालाखेती अस्पतालमा सुत्केरी भएका छन् । त्यसैगरी उत्त अस्पतालबाट आर्थिक वर्ष २०७९/८० को मंसिरमा ३५ जनाले सेवा लिएकोमा आर्थिक वर्ष २०८०/८१ को मंसिरमा २७ जनाले सेवा लिएको सूचना अधिकारी फुलाराले बताएका छन् ।

Siddi ganesh
plastik

यो पनि : मालाखेतीमा शिशु सहित सुत्केरी मृत्यु प्रकरणःआफन्तले गरे पुर्वपश्चिम राजमार्ग अवरुद्ध

आर्थिक वर्ष २०७९/८० को पुषमा ५१ जनाले सुत्केरी सेवा लिएकोमा आर्थिक वर्ष २०८०/८१ को पुषमा भने जम्मा १९ जनाले सेवा लिएको तथ्यांक छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० को माघमा पनि यो सङ्ख्या विगतभन्दा घटेकै देखीएको छ । २०७९/८० को माघमा मालाखेती अस्पतालबाट ४६ जनाले सुत्केरी सेवा लिएकोमा २०८०/८१ को माघमा त्यो २७ जनाले मात्रै सेवा लिएको देखिएको छ । त्यस्तै २०७९/८० को फागुनमा ३९ जनाले सेवा लिएकोमा ८०/८१ को फागुनमा २६ जनाले सेवा लिएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७९/८० को चैत्रमा ३९ जनाले सेवा लिएकोमा ८०/८१ चैत्रमा १६ जनाले मात्रै सुत्केरी सेवा लिएका छन् । त्यसैगरी २०७९/८० को वैशाखमा २ जनाले मात्रै सेवा लिए भने ८०/८१ को वैशाखमा १४ जनाले सुत्केरी सेवा लिएको जनाईएको छ । आर्थिक वर्ष २०७९/८० को जेठमा जनाले सेवा लिँदा ८०/८१ को जेठमा ८ जनाले सुत्केरी सेवा लिएका छन् ।

त्यसैगरी आर्थिक वर्ष २०७९/८० को असारमा १२ जनाले सुत्केरी सेवा लिएकोमा ८०/८१ को असारमा १८ जनाले सेवा लिएका छन् । मालाखेती अस्पतालमा २०७९ चैत्र २७ गते शिशुसहित सुत्केरीको मृत्यु भएको थियो । उल्लेखित तथ्यांक अनुसार सोहि दिनदेखी उत्त अस्पतालमा सेवा लिने सुत्केरीको सङ्ख्यामा कमी आएको देखिएको छ ।

७९ चैत्र महिनाको २७ गतेसम्म मात्रै ३९ जनाले सुत्केरी सेवा लिँदा २७ गतेको उत्त घटनापछी वैशाखमा भने जम्मा २ जनाले सेवा लिएका थिए ।

Nawadurga
nast bbs
Leave A Reply

Your email address will not be published.