bhuwaneswari
Attariya Hospital Pvt.Ltd.

कृष्णपुरमा नाक,कान र घाँटी सम्बन्धि निःशुल्क शिविर,दुई सय जनाले लिए सेवा

padma
milan sunchadi

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नाक,कान र घाँटी सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । सेती प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा आज कृष्णपुर स्वास्थ्य चौकीमा नाक,कान र घाँटी सम्बन्धि निःशुल्क शिविरको आयोजना गरिएको हो ।

शिविरमा दुई सय एक जनाले सेवा लिएको कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन सिंह विष्टले बताएका छन् । त्यस्तै शिविरमा २४ जनालाई निःशुल्क श्रवण यन्त्र प्रदान गर्नका लागि सिफारिस गरिएको उनले बताएका छन् ।

शिविरको उद्घाटन कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले यस प्रकारको शिविरबाट स्वास्थ सेवाको पहुँचबाटबाट टाढा रहेका स्थानियलाई सहयोग पुगोस् भन्ने उदेश्यले शिविरको आयोजना गरिएको बताए ।

Siddi ganesh

यस प्रकारको कार्यक्रमको लागि नगरपालिका हातेमालो गर्न सदैव तयार रहेको उनले बताए । शिविरबाट सेवा लिएका कृष्णपुर ६ का नरी भारतीले शिविरले आफुलाई सहज भएको बताए ।

‘कान नसुन्ने समस्याले लामो समयदेखी हैरान भएको थिए,यहाँ कान सुन्ने मेसिन पनि पाईयो,अब सहज होला,’ उनले भने । बिरामीहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको थियो ।

Nawadurga
sudur last
Leave A Reply

Your email address will not be published.