ग्राहकलाई चक्कु प्रहार गरी हत्या गर्ने डडेल्धुराका भट्टसहित २ जना पक्राउ

Image
maya metro

अत्तरिया – ग्राहकलाई चक्कु प्रहार गरी हत्या गर्ने डडेल्धुराका भट्टसहित २ जना पक्राउ परेका छन्।

प्रहरीले ललितपुर महानगरपालिका–९ च्यासलस्थित टाउन हब क्याफेमा आउने ग्राहकलाई चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा डडेल्धुराको परशुराम नगरपालिका–११ घर भई च्यासल बस्ने हेमराज भट्ट र काभ्रे मण्डनदेउपुर नगरपालिका–११ घर भई च्यासल बस्ने जनकबहादुर तामाङलाई पक्राउ गरेको हो।

nisarga

पक्राउ परेका दुवै जना क्याफेका कर्मचारी हुन्। प्रहरीका अनुसार सोही क्याफेमा आएका सुनसरीको इटहरी घर भई सातदोबाटो बस्ने नयन गुरुङसँग विवाद हुँदा भट्टले धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएका थिए।

घाइते गुरुङको बीएण्डबी अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको थियो।