अत्तरिया – कैलालीको अत्तरियामा युवक मृत फेला परेको घटनाका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
अत्तरिया चौराहको दुर्गा मन्दिर परिसरमा हत्या गरेर फालिएको अवस्थामा चैत्र २७ गते डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर– ७ स्थित पोखराका ३५ वर्षीय जगदीश कैनीको शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय मालाखेतीले आज पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न भएका मुख्य आरोपीलाई सार्वजनिक गरेको हो । प्रहरीले पक्राउ परेका बैतडीको डिलाशैनीका हेमन्त बोहरालाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका बोहरा पूर्व सशस्त्र प्रहरी पनि हुन् । घटनाको अनुसन्धानका लागि प्रहरीले यसअघि ३ जना व्यक्तिहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
घटनाको इलाका प्रहरी कार्यालय मालाखेतीसँगै जिल्ला प्रहरी कार्यालय कैलाली, प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोलीले अनुसन्धान गरिरहेको थियो ।
सम्बन्धित समाचार :
प्रहरी कार्यालयकै अगाडि पुरुषको बीभत्स हत्या, सुरक्षामाथि गम्भीर प्रश्न
अत्तरियाका स्थानीय भन्छन् : दुर्गा मन्दिरमा मान्छेकै बलि चढ्यो, अनिष्ट भयो
अत्तरियामा भेटिएको शव पहिचान नहुँदा समस्या (भिडियो)
अत्तरियामा फेला परेको शवको सनाखत
जगदीश हत्या प्रकरण : शव परिवारको जिम्मा लगाइयो, अनुसन्धान जारी
अत्तरियामा युवक मृत फेला प्रकरण : आरोपी पक्राउ, आजै सार्वजनिक गर्ने तयारी