
अत्तरिया – कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका पुरुषको उद्धार गरिएको छ ।
दोधारा चाँदनी नगरपालिका-४ मालिका स्थित महाकाली नदीको टापुमा फसेका काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका-६ का ५२ वर्षीय उमेश चौलागाईको शनीबार बिहान उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

चौलागाईको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो ।















