गोदावरी आर्यघाटमा सरसफाइ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ ।

गोदावरी नगरपालिकाको आयोजनामा देविदल गण र सशस्त्र प्रहरी बल नेपाल नम्बर –७ वैद्यनाथ बाहिनीको सहकार्यमा शनिबार गोदावरी आर्यघाटमा सरसफाइ गरिएको हो ।

nisarga

ठुलो लगानी लाएर आर्यघाट व्यवस्थित गर्ने कार्य नगरपालिकाले गरेको हुँदा शव जलाउँदा जथाभावि फोहोर नगरिदिन र तोकिएको ठाउँमा सामानहरु फालिदिन गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले आग्रह गरेका छन् ।