
अत्तरिया – कैलालीमा सुतिरहेका बेला सर्पले टोकेकी किशोरीको मृत्यु भएको छ ।
शनिबार राति साढे २ बजेतिर चुरे गाउँपालिका–५ पटेली बस्ने गणेश रोकामगरको १७ वर्षीया छोरी आशाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्पले टोकेको थाहा पाउने बित्तिकै रोकामगरलाई उद्दार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।















