डडेल्धुराको परशुराम नगरपालिका-३ को कार्यालयमा तालाबन्दी

Image
maya metro

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका वडानम्बर ३ को कार्यालयमा स्थानीयले ताला लगाएका छन्। वडाका विभिन्न विकास योजनामा भ्रष्टाचार गरिएको भन्दै सत्यतथ्य छानविनको माग राखेर तालाबन्दी गरिएको हो।

त्यहाँका स्थानीयले वडा कार्यालयमा दिएको निवेदन नै वडा कार्यालयका कर्मचारीको मिलेमतोमा गायब पारिएपछि कार्यलयमा आज बिहान ११ बजेदेखि तालाबन्दी गरेको बताएका छन्। असार १७ मा स्थानीयहरुले टिकासिंह थलालले सार्वजनिक जग्गा कब्जा गरेको, खानेपानी पाईप काटेको लगायतमा आफ्नो दाई टिकासिंह थलालको अध्यक्षतामा कृते समिति खडा गरेर बजेट सकेको आरोपसहितको निवेदन कार्यालयमा दिएका थिए।

nisarga

तर, वडा कार्यालयले साउन ७ गते वडासदस्यसहित न्यायिक समितिबाट ३ जना सदस्यको छानविन समिति बनाए पनि छानविमा लापरबाही गरेको स्थानीयको आरोप छ। यता, वडा अध्यक्षले भने निवेदन दिएको विषयमा आफुलाई जानकारी भएको तर निवेदन दर्ता नभएको बताए।