डडेल्धुरा – काँग्रेस दार्चुलाका पूर्व जिल्ला सभापति मानबहादर चन्द नेपाली काँग्रेस (विपी)मा प्रवेश गरेका छन्। आज बुधबार उनी नेपाली काँग्रेस (विपी)मा प्रवेश गरेका हुन्। नेपाली काँग्रेस (विपी)का बरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई पार्टी प्रवेश गराएका हुन्। हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली काँग्रेस विपी जिल्ला कार्य समितिको पार्टी कार्यालय किसुन जी भवनमा पुगेका थिए।
तर, नेपाली काँग्रेसको विचलन तथा कार्यशैली प्रति असहमत रहँदै पछिल्लो समय उनी निश्किृय रहेका थिए। विपी कोइरालादेखि कृष्णप्रसाद भट्टराई सम्मको सिद्धान्तसँग सहमत भइ नेपाली काँग्रेस विपीको विधान आत्मसाथ गरि आवद्धता जनाएको उनले बताए ।उनले इमान्दार सिद्धान्त तथा राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा प्रतिवद्ध सबैमा नेपाली काँग्रेस विपीमा आवद्ध हुन समेत आग्रह गरेका छन्।बरिष्ठ उपसभापति मल्लले सुदूरपश्चिममा देउवाले एकलौटी गर्न थालेपछि उनीसँग रूष्ट भएका नेता कार्यकर्ता नेपाली काँग्रेस विपीमा प्रवेश गर्ने क्रम बढीरहेको बताए।
