पहाडी र तराई क्षेत्रमा बिहीबार हल्का वर्षाको सम्भावना

Image
maya metro

काठमाडौं – देशका पहाडी र तराई क्षेत्रमा बिहीबार हल्का वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञागले अपराह्नपछि काठमाडौं उपत्यकासहित पहाडी र तराई–मधेश क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

‘अपराह्नतिर क्षणिक वर्षाको सम्भावना छ । धेरै समय पानी निरन्तर पर्दैन । केही समय परेर रोकिने छ’, मौसमविद् गंगा नगरकोटीले भनिन्। उनका अनुसार अहिले प्रिमनसुनको समय भएको र यो अवधिमा अपराह्नतिर विभिन्न स्थानमा पानी पर्ने सम्भावना बढी हुन्छ।

nisarga

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली छ। काठमाडौंलगायत स्थानमा मौसम सामान्यतया सफा नै रहेको विभागले जनाएको छ।