
काठमाडौं – कोशी, बागमती र मधेश प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। बागमतीको सिन्धुली, मकवानपुर र दोलखा लगायतका ठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो।
काठमाडौंमा पनि केही ठाउँमा छिटफुट वर्षा भइरहेको विभागले जनाएको हो। पश्चिमी क्षेत्रमा भने शुक्रबारसम्म उल्लेखनीय मौसमी प्रणाली छैन। त्यसपछि भने पश्चिमी क्षेत्रमा मौसम बदलीसँगै वर्षाको सम्भावना छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ।
















