आज पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

Image
maya metro

काठमाडौं – आज देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

nisarga

विभागका अनुसार केही स्थानमा हावाहुरी चल्ने समेत देखिएको छ। देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। आज बिहान सुदुरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ मा मौसम आंशिक बदली छ।