अत्तरिया – कैलालीको अत्तरिया क्षेत्रका स्वास्थ्य संस्थामा बढे रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । मौसम परिवर्तन भएसंगै स्वास्थ्य संस्थामा पनि बढे रुघाखोकी र ज्वरोका बिरामी बढेका हुन् ।
गोदावरी-३ मा रहेको मालाखेती अस्पतालमा केहिदिन एता बिरामी झण्डै दोब्बर भएको मालाखेती अस्पतालमा सूचना अधिकारी सत्यराज फुलाराले जानकारी दिए ।

करिब दुई साताएता दैनिक करिब दुई सयसम्म बिरमी पुग्ने गरेको र ति मध्य अधिकांश रुघाखोकी र ज्वरोका बिरामी नै रहेको उनले बताए ।
भाइरलको समस्या लिएर सबै उमेर समूहका बिरामीहरु आउने गरेको भएपनि बालबालिका र जेष्ठ नागरिकको सङ्ख्यन अझै बढीको उनको भनाई छ ।
केहि दिन अघिसम्म मेडिकलमा दिनहुँ एक सयको हाराहारीमा बिरामी आउने गरेको भएपनि अहिले त्यो सङ्ख्या झण्डै दोब्बर नै भएको अत्तरियाको मेरी मेडिकलका प्रमुख बलराम भट्टले बताए ।
टाइफाइडका बिरामी पनि बढेको उनको भनाई छ । मेडिकलमा आउने अधिकांशमा रुघाखोकी, ज्वरो, जीउ दुख्ने,घाँटी दुख्ने लगायतका समस्या देखिएको भट्टले बताए ।
“अहिले मेडिकलमा आउने करिब ८० प्रतिशत बिरामी भाइरल ज्वरोका नै छन्,उनले भने यो भाइरल ज्वरो औषधि नखाँदा पनि सन्चो हुन्छ तर समय बढी लाग्छ ।”
मौसमी स्वास्थ्य समस्याबाट बच्न प्रतिरोधात्मक क्षमता बढाउने खालका खानेकुरा खाने, झोलिलो पदार्थको सेवनमा बढी जोड दिन भट्टको सुझाव छ ।