ग्लोबल आइएमई बैंकका ग्राहकलाई शिखर डेन्टलमा १५ प्रतिशत छुट

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको शिखर डेन्टल र प्राली र ग्लोबल आइएमई बैंक अत्तरिया शाखाबिच विशेष छुट समझदारी भएको छ ।

नयाँ वर्ष २०८२ को अवसर पारेर शिखर डेन्टलका प्रमुख मीन देउवा र ग्लोबल आइएमई अत्तरिया शाखा प्रमुख भुवन प्रसाद भट्टले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

nisarga

शिखर डेण्टलमा दाँत,मुखको उपचार गर्न आउने  ग्लोबल आईएमई बैंक अत्तरिया शाखाका ग्राहक  तथा कर्मचारीहरुलाई १५ प्रतिशत छुटसहित उपचार गर्ने समझदारी भएको हो ।

शिखर डेण्टल क्लिनिक प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सामाजिक मुख स्वास्थ्य कार्यक्रम तथा जनचेतनामुलक कार्यक्रम, निःशुल्क दाँत र मुख स्वास्थ्य शिविर , विद्यालय मुख स्वास्थ्य कार्यक्रम एवम सामाजिक कार्यक्रम गर्दै आएको छ ।

यस क्षेत्रकै अग्रणि दांत तथा मुख स्वास्थ्य संस्था शिखर डेण्टलले बिगत लामो समयदेखि नविनतम प्रविधिद्वारा विशेषज्ञ सेवाहरु प्रदान गर्दै आइरहेको छ।