कैलालीको लिक्मा खोलामा डुबेर बालकको मृत्यु

Image
maya metro
अत्तरिया – कैलालीको लिक्मा खोलामा डुबेर एक बालककाे मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका–८, लिक्मा खाेलामा साथीहरूसँगै खाेलामा नुहाउन गएका बेला स्थानीय गणेशबहादुर धामीका १२ वर्षीय छोरा सलीम धामी डुबेका थिए ।
nisarga
उनकाे उपचारका क्रममा स्थानीय मेडिकलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।