अमरगढी नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषणा

Image
maya metro

डडेल्धुरा – जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालाई ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषणा गरिएको छ। आइतबार एक कार्यक्रमबीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

नगरपालिकाका ११ वटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले बताए।

nisarga

पूर्ण खोप घोषणामा सहयोग गरेका महिला स्वयंसेविकालाई सम्मान गरिएको छ। एउटा शिशुले जन्मेदेखि १५ महिनासम्म वीसीजी, डिपीटी, पोलियो, पिसिभी, एफआईपीभी, दादुरा, रोटा र टाइफाइडविरुद्धको खोप लगाउने गरेको अमरगढी स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले बताएका छन् ।